लक्ष्मी सापकोटा
काठमाडौं, वैशाख २६ गत (May-09-2025)

Podway In Biratnagar

कोशी प्रदेशमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्न सम्झौता भएको छ। वैशाख १८ र १९ गते कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीविच सम्झौता भएको हो।

‘पोडवे’ रेल प्रविधिमा आधारित सार्वजनिक यातायातको नवीन साधन हो। पोडवे यन्त्रको सहायताले तारको लिकमा गुड्ने अत्याधुनिक प्रविधि हो। रेलको अत्याधुनिक स्वरूप भएकाले यसलाई सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा लिइन्छ । सरकारले २०८० म‌ङ्सिर ७ मा राजपत्रमा सूचना प्रकाशित गरी पोडवे सेवालाई कानुनी मान्यता दिइसकेको छ ।

काठमाडौँ पोडवे कम्पनीका उपाध्यक्ष नील भट्टराईले लगानी सम्मेलनमा पोडवे सञ्चालनको अध्ययन गर्न सम्झौता भएको जानकारी दिनुभयो। पहिलो चरणमा सो सेवा सञ्चालन गर्नका लागि प्राविधिक, वातावरणीय रूपमा उपयुक्त छ/छैन भनेर अध्ययन गरिने उहाँले जानकारी दिनुभयो।यस चरणमा सात किलोमिटरमा पोडवे सेवा सञ्चालन गर्न तीनदेखि पाँच अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। पहिलो पटक विराटनगरको रानी भन्सार कार्यालयदेखि विराटनगर बसपार्कसम्म सात किलोमिटर दुरीमा पोडवे सेवा सञ्चालन गर्न प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो।

  • भौगोलिक विकटता र यातायात सेवाको चाप बढी भएको क्षेत्रमा यो सेवा सञ्चालन गर्न थप प्रभावकारी हुने उहाँको भनाइ छ। यो सेवा कोशी प्रदेशका लागि मात्र नभएर देशकै लागि आर्थिक वृद्धि. पर्यटन र पूर्वाधार विकासलाई अगाडि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ। यातायातविज्ञ एवं नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले पोडवे सेवा सञ्चालनका लागि प्रारम्भिक रूपमा अध्ययन गर्न आवश्यक रहेको वताउनुभयो ।

  • सडकभन्दा माथि गुड्ने हुनाले ट्राफिक जाम कम हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरण हुने हुँदा निजी क्षेत्रबाट पोडवे सेवा सञ्चालन गर्न उपयुक्त रहेको उहाँको भनाइ छ। हाल दुवई र बेलारुसले उक्त प्रविधिमा आधारित पोडवे सञ्चालनमा ल्याइसकेका छन्। अमेरिका र भारतमा सञ्चालन हुने क्रममा छ। प्रतिघण्टा १५० किमी चल्ने मेट्रोरेलको जस्तै पोडवेले

  • सुविधा दिने कम्पनीले जनाएको छ। पोडवे सञ्चालनका लागि छुट्टै ट्याकको आवश्यकता पर्छ। स्वचालित प्रविधिमा आधारित भएकाले पनि त्यसका लागि छु‌ट्टै मार्ग निर्माण गर्नुपर्ने हुन्छ ।

  • सडकभन्दा माथि गुड्ने भएकाले ट्राफिक जाम कम हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरण हुने हुँदा निजी क्षेत्रबाट पोडवे सेवा सञ्चालन गर्न उपयुक्त हुने विज्ञको भनाइ
    भौगोलिक विकटता र यातायात सेवाको चाप बढी भएको क्षेत्रमा यो सेवा सञ्चालन गर्न थप प्रभावकारी हुने
    बिजुलीबाट चल्ने हुँदा यो प्रविधिमा ढुवानी खर्च कम लाग्ने र कम समयमै पुऱ्याउन सकिनुका साथै पेट्रोल, डिजेलको खपत पनि कम हुने

पोडवे कृत्रिम बौद्धिकता (एआई) ले नै नियन्त्रण गर्ने र सेवा अटोमेटिक हुने कम्पनीले जनाएको छ। एउटा विशेष नियन्त्रण कक्षले त्यसको सञ्चालन गर्ने छ। त्यसका लागि हरेक दुई/दुई किलोमिटरमा पोल निर्माण गर्न सकिन्छ। यात्रु चढाउन र ओराल्न अकासेपुल जस्तै संरचना तयार गर्नुपर्ने हुन्छ ।


केबुलकारमा जस्तै पोडवे स्टेसनमा रोक्ने तथा झर्ने समयमा स्वचालित (अटोमेटिक) सुविधा प्राप्त हुने छ। हाल निर्माण भएका सडकको किनारा वा सडकको माथिबाट पोडवे हिंड्ने भएकाले पनि थप सजिलो हुने कम्पनीले जनाएको छ।


कम्पनीका अनुसार पोडवे सञ्चालन गदां दुर्घटनाको जोखिम कम हुनाका साथै समयमै सामान ढुवानी हुने तथा एकै पटक सय टन बराबरको सामान एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ। यस प्रकारको यातायात सञ्चालनले बिजुलीको खपत बढाउन सहयोग पुर्याउने छ। विजुलीबाट चल्ने हुँदा यो प्रविधिमा ढुवानी खर्च कम लाग्ने र कम समयमै पुऱ्याउन सकिनुका साथै पेट्रोल, डिजेलको खपत पनि कम हुने कम्पनीले जनाएको छ।

Source: Gorkhapatra

Share this post